
३२ लाख लुटेर फरार भएका चारजना पक्राउ
काठमाडौं – सस्तोमा जग्गा मिलाइ दिने भन्दै ३२ लाख रकम लुटेर फरार भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
गएको चैत ३० गते झापाकाे अर्जुनधारा ११ विर्तामोड बसपार्क नजिकै दुई कठ्ठा जग्गा किन्नका लागि मोरङको उर्लाबारीबाट आएका बिष्णुमाया सापकोटा सुवेदी र अनिल विश्वकर्माले साथमा लिएर आएको ३२ लाख रुपैयाँ लुटेर जग्गा कारोबारी फरार भएका थिए ।
प्रक्राउ पर्नेमा रामेछाप देउराली घर भई हाल भक्तपुर बस्ने बर्ष ३९ का राजेश श्रेष्ठ, पाँचथर मिक्लाजुङ्ग घर भई काठमाडाैं बस्ने बर्ष ५२ का जनक रेग्मी इलामबाट पक्राउ परेका छन् । यस्तै मोरङ्गको वेलबारी घर भई मेचिनगर बस्ने ५५ बर्षीय रणबहादुर पोख्रेल र कमल गाऊँपालिका झापाका ५२ बर्षीय विजय राई पक्राउ परेका छन् ।



कागजपत्र |
