वैदेशिक रोजगारीमा दुवई पठाइदिने भन्दै ठगी गर्ने पक्राउ


काठमाडौं – दुवई पठाइदिने भन्दै साढे तीन लाख ठगी गर्ने पक्राउ परेका छन्। पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका-२ घर भई काठमाडौंको सामाखुसी बस्ने २६ वर्षीय मन बहादुर कुमाल पक्राउ परेका हुन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार सामाखुशी स्थित युरो टेक कन्सलटेन्सी प्रालिका मार्केटिङ मेनेजर कुमालले प्रेम बहादुर सुनारलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिने भन्दै उक्त रकम लिएका थिएका थिए।

दुवइ जानका लागि तीन लाख रुपैयाँ लाग्ने दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा सेक्युरिटी गार्डको काम लगाइदिने भनेर पीडितबाट पटकपटक गरी साढे ३ लाख लिएर सम्मर्कविहीन भएका थिए।

रकम लिएर फरार भएपछि वैदेशिक रोजगार विभागले पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेपछि प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रतिक्रिया