

झापामा एक महिलाको हत्या, एकै परिवारका तीन जना पक्राउ

झापा – झापाको शिवसताक्षीमा एकल महिलाको हत्या भएको छ। हत्या घटनामा संलग्न एकै परिवारका तीन आरोपीलाई प्रहरीले पक्राउ गरेको छ।
शिवसताक्षी नगरपालिका-६ स्थित डाँडागाँउ निवासी ६३ वर्षीया शान्तिमाया प्रधानको हत्या आरोपमा प्रहरीले सोही ठाउँका ६२ वर्षीय रतिलाल राजवंशी, उनकी २० वर्षीया छोरी फूलमाया र १८ वर्षीय छोरा रामकृष्ण राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
प्रहरीका अनुसार बैशाख १२ गते मंगलबार राति करिब ९ बजेको समयमा एकल महिला शान्तिमायाको हत्या गरिएको थियो। प्रहरीले उनको शव वैशाख १४ गते बेलुका घर नजिक फिलुंगेको नलले छोपिएको अवस्थामा फेला पारेका थिए।

