

निरुको हत्यामा संलग्न भएको आशंकामा झापाबाट एक पक्राउ

झापा – गत वैशाख ७ गते आमाको मुख हेर्ने दिन पसलमै मारिएकी कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य (निरु) को हत्यामा संलग्न रहेको आशंकामा एक जना पक्राउ परेका छन् ।
प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले शनिबार राती झापाबाट विनोद विकलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका विकको बारेमा थप अनुसन्धान पछि सार्वजनिक गरिने पनि जनाइएको छ ।
पसल बसिरहेको बेला दिनदहाडै छुरा प्रहार गरेर पाण्डेको हत्या भएको थियो । उनको शरीरमा कम्तीमा १९ पटक छुरा प्रहार गरिएको थियो ।

