

बैंकिङ कसुर मुद्दाका फरार श्रेष्ठ पक्राउ

काठमाडौं – बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका वडा नं. १३ चुनिखेल बस्ने ५० बर्षीय प्रदिप श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठको नाममा चालिस लाख बिगो भएको बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटन ललितपुरको २०८० बैशाख ०७ गते पक्राउ अनुमति समेत जारी भई फरार रहेका उनलाई प्रहरी प्रभाग नारायणथानबाट खटिएको प्रहरीले निजको आफ्नै घरबाट शुक्रबार पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धानको लागि प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।

