

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डेको दाबी पेश

पोखरी – गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख समक्ष दावी पेश गरेका छन् ।
सत्तारुढ दलले अमज (बिहिबार) पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी पेश गरेको हो । ।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै गत चैत १० गते नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिदै पार्टीबाट बनेका मन्त्रीले लिएपछि एमालेका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेको थियो । मुख्यमन्त्री अधिकारीले वैशाख ९ गते प्रदेशसभामा मत गुमाएका थिए ।
मुख्यमन्त्रीले प्रदेशसभाबाट विस्वासको मगत गुमाएपछि प्रदेश प्रमुख गुरुङले १२ गते ३ दिनको समय दिएर संविधानको धारा १६८ को उपधारा २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए ।
प्रदेश प्रमुखले आज ४ बजेसम्मको समयसीमा तोकेमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीका सांसद हस्ताक्षरसहित सुरेन्द्रराजलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी पेश गरेका हुन् ।
कांग्रेसका २७, माओवादीका ७ र मनाङबाट स्वतन्त्र सर्वसम्मत चुनाव जितेर एकीकृत समाजवादी प्रवेश गरेका भनिएका राजीव गुरुङको हस्ताक्षरसहित सुरेन्द्रलाई मुख्यमन्त्री नियुक्त गर्न दाबी गरिएको छ ।

