
नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी कडायत
काठमाडौं – नेपाल प्रहरीको प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायत तोकिएका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डीआईजी कडायतलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी नायव महानिरीक्षक कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले बिहिबार जनाएको छ ।
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कडायतलाई मोबाइल नम्बर ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice मा सम्पर्क गर्न सकिने छ ।



कागजपत्र |
