सुनसरीबाट एकैदिन २२ जना फरार प्रतिवादी पक्राउ


वैशाख – सुनसरी प्रहरीले बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट विशेष टोली गठन गरी फरार प्रतिवादीहरु पक्राउ अभियानअन्तर्गत बुधबार एकै दिन २२ जना फरार प्रतिवादीहरु पक्राउ गर्न सफल भएको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

पक्राउ परेकाहरु अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना तोकिएका प्रतिवादीहरु रहेको प्रहरी उपरीक्षक ढकालले बताए । पक्राउ परेका सबैलाई बुधबार नै अदालतसमक्ष बुझाइएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा अदालतबाट कैद तथा जरिवाना तोकेका ३ सय ३७ जना विभिन्न मुद्दाका फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए।

सुनसरी प्रहरीले र फरार प्रतिवादीहरू पक्राउ गर्न विशेष टोली बनाएर अभियान नै चलाइरुहेको ढकालले बताए ।

प्रतिक्रिया