

उपनिर्वाचन अपडेटः चितवनमा १२ बजेसम्म ३७ प्रतिशत मतदान

चितवन – चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा मध्यान्ह १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको छ ।
सहायक मतदान अधिकृत ईश्वरी आचार्यले १२ बजेसम्म ३७ प्रतिशत मतदान भएको जानकारी दिए ।
लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् ।
उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

