


गण्डकीका मुख्यमन्त्रीले मागे प्रदेशसभामा विस्वासको मत (पूर्णपाठ)

काठमाडौं – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गरेका छन् ।
आज बसेको प्रदेशसभा बैठकमा विस्वासको मतको प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारीले माओवादी केन्द्रका सांसदहरुलाई आफुलाई विस्वासको मत दिन आग्रह गरेका हुन् । उनले यसअघि विस्वासको मत दिएर बनाएको सरकारलाई निरन्तरता दिन आफुलाई विस्वासको मत दिएर सहयोग गर्न आग्रह गरेका हुन् ।
केन्द्रको सरकार समिकरण फेरिएसँगै माओवादीले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार उनले विस्वासको मत लिन लागेका हुन् ।
गण्डकीमा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन् ।

