

आज विश्वासको मत लिँदै गण्डकी मुख्यमन्त्री अधिकारी

पोखरा – अल्पमतमा परेका गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले (आज) शनिबार विश्वास मत लिने भएका छन् ।
दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची छ ।
अधिकारी मुख्यमन्त्री नियुक्त हुने बेलाको सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै अधिकारीले विश्वासको मत नपाउने निश्चित देखिन्छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री खगराज अधिकारीले गण्डकीको मुख्यमन्त्री आफूनै हुने दाबी गरेका थिए ।
गण्डकीमा नेपाली कांग्रेसका २७, नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित आठ, राप्रपाका दुई र स्वतन्त्र एक सांसद छन् । विश्वासको मत लिने तयारी गरे पनि संसद्को अङ्कगणित हेर्दा अधिकारीको पक्षमा बहुमत जुट्ने सम्भावना छैन ।

