४ किलो सुनसहित बाँकेबाट २ जना पक्राउ


बाँके – नेपालगञ्जबाट ४ किलो ९२९ ग्राम सुन सहित दुई जना प्रकाउ परेका छन् ।

प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार न्यूरोडमा रहेको न्यू इन्द्रेणी होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया