

कर्णालीमा कांग्रेसले टुंग्यायो मन्त्री, भोलि शपथ हुने

सुर्खेत – नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने मन्त्रीको नाम टुंगो लगाएको छ ।
कांग्रेसले तीन जना मन्त्रीको नाम मुख्यमन्त्री राजकुमार शर्मालाई मंगलबार बुझाएको हो ।
आज नेपाली कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा जाजरकोटका वेदराज सिंह, सामाजिक विकास मन्त्रीमा सुर्खेतका खड्क पोखरेल र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा दैलेखका कृष्ण विसी सिफारिस गरेका छन् । एमालेका मन्त्रीहरूले राजीनामा दिएपछि हालका लागि कांग्रेस तीन मन्त्रालयमा जान तयार भएको हो ।
मुख्यमन्त्री शर्माकहाँ मन्त्रीको नाम सिफारिस भइसकेपछि भोलि तीनै जना मन्त्रीलाई प्रदेश प्रमुख तिलक परियारले शपथ ग्रहण गराउने निश्चित भएको छ ।

