

नयाँ राजनीतिक दलहरूले पुराना शक्तिहरूप्रति जनतामा भ्रम छर्न खोजे : नैनसिंह महर

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक शक्तिहरूप्रति जनतामा भ्रम छर्न खोजेकोमा आफ्नै चरित्र उदाङ्गो भएको बताए ।
सत्ता गठबन्धनबाट तनहुँ १ मा उम्मेदवार बनेको गोविन्द भट्टराईको व्यास-९ मा आयोजित कोणसभामा बोल्दै उनले जनतालाई धोका दिन छलछाम गर्नेहरू पराजित हुनेमा कांग्रेस विश्वस्त रहेको बताए ।
जनताले योग्य व्यक्तिलाई चिन्न सकेकै कारण तनहुँ-१ राष्ट्रपति जस्तो व्यक्ति जन्माउन सफल भएको महरले बताए । डरलको खेती गरेका विदेश प्रस्तहरूले मुलुकको अनुहार फेर्छु भन्दै अहिलेका चेतनशील जनतामा भ्रम छर्न खोज्नु रत्तिभर पनि स्वभनीय नभएको उनले बताए ।
तनहुँ-१ मा १० वैशाखको उपचुनावमा कांग्रेस नेता भट्टराई, रास्वपाका स्वर्णिम वाग्ले र एमालेका सर्वेन्द्र खनाललगायत प्रतिस्पर्धामा छन् ।

