जग्गा कित्ताकाट खुला गर्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं – सरकारले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि रोक्का रहेको कित्ताकाट खोल्ने निर्णय गरेको हो।

सरकारका प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भू-उपयोग पहिलो संशोधन नियमावली, २०७९ पास भएसँगै जग्गा कित्ताकाट खुला हुने जानकारी दिइन्।

उनले भू-उपयोग नियमावली नबनेका कारण घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबन्डा रोकिएकाले त्यसलाई सहज बनाउन सरकारले निर्णय गरेको प्रष्ट्याइन्।

प्रतिक्रिया