मलामी गएका किशोर महाकालीमा बेपत्ता


कञ्चनपुर – महाकाली नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन् । मलामी गएका शुक्लाफाँटा नगरपालिका-५ का १८ वर्षीय दीपेन्द्र हमाल महाकालीमा बेपत्ता भएका हुन् ।

भीमदत्त नगरपालिका-११ भुजेलाघाटस्थित महाकाली नदीमा डुबेर बेपत्ता किशोरको खोजी भइरहेको ईलाका प्रहरी कार्यालय गड्डाचौकीका सई देवसिंह बुडालले जानकारी दिएका छन् । उनका अनुसार आज (आइतबार) दिउँसो करिब अढाई बजेतिर नदीमा नुहाउने क्रममा किशोर डुबेर बेपत्ता भएका थिए ।

सशस्त्र प्रहरीको खोज तथा उद्धार टोलीका प्रमुख प्रहरी निरीक्षक बीरेन्द्र बम नेतृत्वको गोताखोर टोली खोजीमा जुटेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीको टोली पनि खोजीमा लागेको छ । तर, बेपत्ता हमाल भने अहिलेसम्म नभेटिएको सई बुडालले बताए ।

प्रतिक्रिया