

नयाँ वर्षमा घुम्न निस्किएका युवाको पाल्पाको भुतखोलामा डुबेर मृत्यु

पाल्पा – पाल्पाको तिनाउँ गाउँपालिका-३ भुतखोलास्थित पोखरीमा डुबेर आज एक युवकको मृत्यु भएको छ ।
रुपन्देही सिद्धार्थ नगरपालिका-१२ बेलहीया बस्ने २० वर्षीय शिवम जैसवाल आफ्ना साथीसँग घुम्ने क्रममा बिहान साढे दश बजे अचानक आफै चिप्लिन गई पानीमा डुबेर मृत्यु भएको हो ।
पानीमा डुब्ने बित्तिकै प्रहरी चौकी दोभानबाट प्रहरी टोली खटिएर उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाबारे प्रहरीद्वारा अनुसन्धान भइरहेको जनाइएको छ ।

