


अवैध लागूऔषधसहित तीन जना पक्राउ

काठमाडाैं – कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
दोधारा-चाँदनी-१० कुतियाकभरबाट लागूऔषधसहित भारतीय नागरिक पक्राउ परेका हुन् । बिहीबार ३६ ग्राम ३४ मिलिग्रामसहित भारतीय नागरिक सन्तोष हिरालाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
यसैगरी प्रहरीले झापाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका-८ बस्ने २७ वर्षीय अजय मेचे र २८ वर्षीय श्याम बहादुर दर्जी रहेका छन् ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

