बालेन शाह ‘अन फायर’: दिए सिंहदरबार अर्कै पालिकामा सार्न चुनाैती


काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सिंहदरबारलाई अर्को पालिकामा सार्न चुनौती दिएका छन् ।

फेसबुकमा फेरि चर्को स्टाटस लेख्दै उनले यस्तो चुनौती दिएका हुन् ।

बालेनले काठमाडौंको हितमा काम नगर्ने भए सिंहदरबार अर्को पालिकामा सार्दा काठमाडौंवासीलाई आपत्ति नहुने बताएका छन् ।


‘हामी काठमाडौंवासीलाई कुनै आपत्ति छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।

हामीलाई हाम्रो सम्पदा, संस्कृति, कला सभ्यता चाहिन्छ, राजनीति होइन ।’

उनले सिंहदरबार, शीतल निवास र बालुवाटारको फोहोर नउठाउन समेत निर्देशन दिएपछि समस्या चुलिएको छ ।

प्रतिक्रिया