सगरमाथा जलविद्युतको सेयर कारोबार खुल्यो


काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सगरमाथा जलविद्युत कम्पनी सेयर कारोबार बिहीबारदेखि सुरु भएको छ ।

‘एसएमजेसी’ संकेतमा यसको सेयर कारोबार खुला भएको छ ।

सगरमाथाको पहिलो पहिलो कारोबारका लागि नेप्सेले न्यूनतम १११.४१ रुपैयाँदेखि ३३४.२३ रुपैयाँसम्म ओपनिङ रेन्ज पनि तोकेको थियो ।

कम्पनीको चुक्ता पुँजीका आधारमा कायम ३ करोड ३३ लाख २५ हजार कित्ता सेयर बुधबार सूचीकृत भएको थियो ।

प्रतिक्रिया