
सरकारले महानगरलाई धम्की भाषाको प्रयोग गर्न हुँदैनः शेखर कोइराला
काठमाडौं — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सरकारले महानगरपालिकालाई धम्कीको भाषा प्रयोग गर्न नहुने बताएका छन् ।
नेता कोइरालाले सामाजिक सञ्जालमा लेख्दै महानगरले सिंहदरबारलगायत स्थानको फोहोर नउठाउनु अराजकता भएको जनाउँदै सरकारले महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्न नहुने बताएका छन् ।
उनले लेखेका छन्, ‘कामपाले सिंहदरवार लगायत स्थानको फोहोर नउठाउनु अराजकता हो, जिम्मेवार निकायको यो व्यवहारको सबैले विरोध गर्नैपर्छ।अर्कोतर्फ सरकारले पनि महानगरले उठाएका प्रश्नको वेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिविम्ब हो।दुबै सच्चिनु पर्छ।’



कागजपत्र |
