

राैतहटमा १४ फरार अभियुक्त पक्राउ

रौतहट — विभिन्न मुद्दाका १४ जना फरार अभियुक्त रौतहट प्रहरीको फन्दामा परेका छन्। गत फागुन र चैत २७ सम्मको अवधिमा जिल्ला प्रहरी तथा तथा मातहतका युनिटबाट खटिएको प्रहरी टोलीले फरारको सूचीमा रहेका १४ जना अभियुक्त लाई पक्राउ गरेको हो।
जिल्ला अदालतको विभिन्न मितिको फैसला अनुसार कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेकोले उनीहरूलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
पक्राउ परेका अभियुक्तहरूलाई जरिबाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत रौतहटको निर्देशन अनुसार जिल्ला कारागार गौरमा पठाइएको एसपी बुढामगरले जानकारी दिए।

