ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


प्युठान – जिल्लाको माण्डवी गाउँपालिका-५ रम्दी चिनामा मंगलबार ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्। मृत्यु हुनेमा ट्याक्टरमा सवार प्युठानकै नौबहिनी गाउँपालिका १ ठुलागाउँका २५ वर्षीय चम्फा बिक रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका चम्फाको उपचारको क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बिजुवारले जनाएको छ।

दुर्घटनामा घाइते भएका चालकसहित तीन जनाको उपचार सोही अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको छ।

रा १ त ४१ ५६ नम्बरको ट्याक्टर अनियन्त्रित भएर मंगलबार बिहान ८ बजे सडकबाट एक सय मिटर तल खसेको थियो।

प्रतिक्रिया