

पेस्तोलसहित एक युवक पक्राउ

मकवानपुर – मकवानपुरको हेटौंडा-३ बर्सामाडीमा पेस्तोलसहित एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा हेटौंडा उपमहानगर पदमपोखरी भोर्ले बस्ने अन्दाजी ४४ वर्षीय सुमन भन्ने सुरेश घलान रहेका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत बसामाडी स्थित सरस्वरी पेट्रोल पम्म नजिक पैदल हिँडिरहेका घलानलाई चेकजाँच गर्दा उनले बोकेको झोलाबाट युएसए अटोमेटिक पेस्तोल बरामद गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।
उनीमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

