
२४ वर्षीया युवती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
ओखलढुंगा – ओखलढुंगामा करणी गरेको अभियोगमा ६० वर्षीय पुरूष पक्राउ परेका छन् ।
२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
कटवालले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



कागजपत्र |
