दोलखाको कालिञ्चोकमा भेटियो मानव कङ्काल


दोलखा  – दोलखाको कालिञ्चोक गाउँपालिका १ स्थित भैसे पात्लेखोलामा मानव कंकाल भेटिएको छ ।

पात्लेखोलामा फेला परेको शव सडेगलेको अवस्थामा कपडा र हड्डी केही भाग मात्रै देखिएको छ ।

उक्त स्थानमा मालिङ्गो काट्न जाने क्रममा मङगलबार दिउँसो करिब १ बजे मानव कङ्काल भेटिएपछि स्थानीयले वडाध्यक्ष पदमबहादुर थामीलाई खबर गरेका थिए ।

वडाध्यक्ष थामीले विगु चौकी , सिङगटी चाैकी र चरिकोट प्रहरी चौकीमा खबर गरेको बताए ।

बुधबार बिहान करिब ८ बजे चरिकोट प्रहरीको टोली घटनास्थलमा पुगेर मुचुल्का उठाएर शव पोस्टमार्टमको लागि सदरमुकाम चरिकोट पठाएको रातोपाटीलाई वडाध्यक्ष थामीले बताए । उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया