मुस्ताङका स्वास्थ्यकर्मी सम्मानित


जोमसोम – मुस्ताङ जिल्ला अस्पतालका स्वास्थ्यकर्मी सम्मानित भएका छन्। मुस्ताङको घरपझोङ गाउँपालिका-२ मार्फा स्थित मार्फा फलफुल तथा तरकारी प्रशोधन उद्योगकी उद्यमीले मुस्ताङ अस्पतालमा कार्यरत ७ जना स्वास्थ्यकर्मीलाई बुधबार एक समारोहबीच सम्मान गरेकी हुन्।

मुस्ताङ अस्पतालको स्तरवृद्धि, प्रसुती शल्यक्रियाको स्थापना तथा गर्भवती महिलाहरुको सुरक्षित प्रसुती गराउन स्वास्थ्यकर्मीहरूले महत्वपूर्ण योगदान पुर्‍याएको भन्दै मार्फा फलफुल तथा तरकारी प्रशोधन उद्योगले उनीहरुलाई विशेष सम्मानको कार्यक्रम आयोजना गरेको हो।

उद्योगद्वारा सम्मानित हुने स्वास्थ्यकर्मीहरूमा मुस्ताङ अस्पतालका मेडिकल सुपरिटेन्डन डा. विशाल तिवारी, एमडिजीपी डा. मुखिया घले, मेडिकल अधिकृत डा. कृष्ण भरखेर, डा. तेजेश कुमार, शिशिर पौडेल, एमडिजीपी डा. कुन्दन कुर्ण, स्टाप नर्स कल्पना बस्याल, अहेब कौशिला चौरासिया र कार्यालय सहयोगी सनिलाल परियारलाई उद्योगले सम्मान गरेको हो।

मुस्ताङ अस्पतालका मेडिकल सुपरिटेन्डनसमेत रहेका डा. विशाल तिवारीले मुस्ताङ अस्पतालको स्तरवृद्धि र न्यूनतम सेवाका लागि आफूहरुको टिम निरन्तर लागि परेको बताए। उनले मुस्ताङ अस्पतालतमा गत वर्ष शल्यक्रिया अप्रेसन स्थापना भइ चालु वर्षको भदौदेखि प्रसुती तथा अन्य सामान्य अप्रेसनका सेवा सञ्चालनमा आउन सकेको जानकारी दिए। भदौदेखि हालसम्म ४ वटा प्रसुतीको सफल शल्यक्रिया सफल भइसकेको र यसले यहाँका आर्थिक अभावमा पिल्सिएका र विपन्न समुदायलाई ठुलो राहत पुगेको उनले बताए।

प्रतिक्रिया