फेसबुक ह्याक गरी चरित्र हत्या गरेको आरोपमा पक्राउ


काठमाडौं – फेसबुक ह्याक गरी अश्लील फोटो, भिडिओ राखेर महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक जनालाई पक्राउ गरेको हो । मोरङ धनपालथान गाउँपालिका-४ कर्सिया बस्ने २२ वर्षीय दिपेश लोहनीलाई पक्राउ गरेको हो।

अध्ययन गर्न विदेश गएकी महिलालाई दैनिक फोन-मेसेज गरी हैरानी दिएको र फेसबुक आइडी समेत ह्याक गरेको आरोप उनीमाथि छ। आइडी ह्याक गरी अश्लील फोटो तथा भिडिओ पोस्ट गर्ने, फेसबुकका साथीहरूलाई पठाएर लाइभबाट आत्महत्या गर्ने भन्ने, फसाउने उद्देश्यले पीडित चरित्रहत्या गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीमाथि विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान अघि बढाएको छ । थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको जनाएको छ।

प्रतिक्रिया