

प्रकाश ज्वालालाई पहिलो चरणमै मन्त्री बनाउँदै नेकपा एस, आजै सपथग्रहण !

काठमाडौं — नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन । पार्टीले उनलाई आजै साँझसम्म सपथग्रहण गर्नेगरी मन्त्री बनाउने निर्णय गरेको छ ।
केन्द्रीय सचिवालयको आज बसेको आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम आज पहिलो चरणमा उपमहासचिव ज्वालालाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले बताए ।
स्रोतका अनुसार नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालय पाउने निश्चित भएको छ । प्रधानमन्त्रीले अर्को मन्त्रालय वन प्रस्ताव गरेपनि नेकपा एसले भने कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ ।

