

मिटरब्याज पीडित र सरकारबीच भोली वार्ता हुँदै

काठमाडौं — महोत्तरीबाट काठमाडौं आइपुगेका मिटरब्याज पीडित र सरकारबीच भोली (बिहीबार) वार्ता हुने भएको छ ।
सरकारी वार्ता टोलीकी संयोजक रूद्रादेवी शर्माले भोली बिहान १० बजेका लागि सिंहदरबारस्थित गृहमन्त्रालयमा वार्ता हुने जनाएकी छिन् ।
सरकारले शर्माको संयोजकत्वमा गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङसहित प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता समिति गठन गरेको थियो ।
यसअघि मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटर ब्याजलाई अपराध मान्ने गरी कानुन संशोधन गर्ने निर्णय गरेको छ।

