

एकीकृत समाजवादीले भौतिक मन्त्रालय पाउने निश्चित

काठमाडौँ – नेकपा एकीकृत समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पाउने निश्चित भएको छ ।
बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा पहिलो चरणमा मन्त्रिपरिषद् विस्तार गर्दा समाजवादीले सो मन्त्रालय पाउने निश्चित भएको हो ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले समाजवादीलाई भौतिक सहित वन र श्रम मन्त्रालय दिने बताएका छन् । तर, अध्यक्ष माधव कुमार नेपालले वनको साटो कृषि मन्त्रालय मागेको स्रोतले बताएको छ ।

