

एकीकृत समाजवादीको आकस्मिक सचिवालय बैठक बस्दै

काठमाडौं — नेकपा (एकीकृत समाजवादी) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।
प्रधानमन्त्री प्रचण्डले आज बेलुकासम्म मन्त्रीको नाम दिन भनेपछि सोहीअनुसार छलफल गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालले बैठक बोलाएका हुन् ।
बैठक पार्टी कार्यालय आलोकनगरमा बुधबार दिउँसो साढे १ बजे बस्ने छ ।
एकीकृत समाजवादी पार्टीले गृहसहित तीन वटा मन्त्रालयमा दाबी गरिरहेको छ। तर, प्रधानमन्त्री प्रचण्डले गृहबाहेकका दुई वटा मन्त्रालय दिने तयारी गरेका छन्।

