


बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौं – सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा गठबन्धनको बैठक बसिरहेको हो ।
बैठकमा मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल हुने नेताहरुले जानकारी दिएका छन् । मन्त्रिपरिषद्मा सहभागी हुने दलहरुबीचको भागबन्डालाई टुंग्याउन बैठक केन्द्रित रहनेछ ।
साथै बैठकमा समसामयिक राजनीतिकलगायतका विषयमा पनि छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी छन् ।
साथै नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, आमजनता पार्टीका अध्यक्ष प्रभु साहलगायतका नेता सहभागी छन् ।

