


देशभर थप २४ जनामा कोरोना पुष्टी

काठमाडौं – देशभर थप २४ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १४२९ जनाको नमूना परिक्षण गरिएकोमा २४ जनामा कोरोना पुष्टी भएको हो ।
मन्त्रालयका अनुसार उक्त अवधिमा ३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर २८ हजार ९१० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा देपालमा ७८ सक्रिय संक्रमित रहेका छन् । ती संक्रमितहरु पीसीआर विधिबाट गरिएको परिक्षणमा समावेश भएको मन्त्रालयले जनाएको छ ।

