पदबहाली गर्दै आईजी कुँवरले भने, ‘मेरो कुनै टिम र गुट छैन’


काठमाडौं – नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरले पदवहाली गरेका छन् । आइतबार बिहान गृहमन्त्रालयमा भएको विशेष कार्यक्रममा दर्ज्र्यानी चिह्न लगाएपछि हेडक्वाटर पुगेका कुँवरले पदबहाली गर्दै आप्mनो कुनै टिम र गुट नभएको बताए ।

पदबहाली गरेपछि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै भने, ‘मेरो कुनै टिम र गुट छैन ।’

आईजीपी कुँवरले सामूहिकताको आधारमा निर्णय गर्ने बताएका छन् । विगतमा प्रहरीमा आईजीपीका ब्याचमेटहरुको बिचमा हिलो छ्यापाछ्याप हुने गरेको थियो । त्यसतर्फ सङ्केत गर्दै कुँवरले भने, ‘सामूहिक निर्णय गर्छु ।’

प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखाबाट प्रहरीको गोप्य कागजात बाहिरिने गरेको विगत सम्झाउँदै कुँवरले भने, ‘कर्मचारी प्रशासन शाखाबाट कागजात बाहिरिए राम्रो हुँदैन ।’

प्रतिक्रिया