विवादै-विवादमा सकियो सिंहको कार्यकाल !


काठमाडौं – नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह आजदेखि अनिवार्य अवकाशमा गएका छन् । ११ महिना छोटो कार्यकाल पूरा गरी सिंह ३० वर्षे सेवाहदका कारण अवकाशमा गएका हुन् ।

आईजीपीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा पत्रकारसँगको भेटघाटमा सिंहले पुराना जघन्य अपराधका घटनाको अनुसन्धानमा प्रहरी लागेको बताउँदै बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको दावी गरेका थिए ।

नाबालिका निर्मलाको हत्यारा पत्ता लगाउन प्राथमिकतामा राखेर काम गर्ने बताएका आईजीपी सिंहले आफ्नो कार्यकालमा कति उपलब्धी हात पारे ? निर्मलाको अनुसन्धानलाई कस्तो प्राथमिकतामा राखे भन्ने कुरा उनैलाई थाहा होला । यही प्रसंगलाई लिएर हामीले समिक्षा गर्ने प्रयास गरेका छौं ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सिंहको कार्यकालमा नाबालिका निर्मला प्रकरणमा अहिलेसम्मको नतिजा भने शून्य नै देखिन्छ । बोलेजस्तो निर्मला प्रकरणमा अनुसन्धान नभएको स्रोत बताउँछ ।

९ महिनाअघि निर्मला प्रकरणमा अनुसन्धानको काम तीव्र रुपमा अघि बढिरहेको दाबी गरेका सिंहले अनुसन्धान प्रक्रिया कहाँ पुग्यो भन्ने बारेमा अवकाश पाउँदै गर्दा प्रधान कार्यालयले आयोजना गरेको विदाई कार्यक्रममा समेत केही खुलाएनन् ।

मनपरी काज गर्दै आफूनिकटकालाई मालदार ठाउँमा पठाए । आफूनिकट नरहेकालाई कारबाहीको धम्की देखाउँदै धम्क्याउँदै त्रास देखाए । यसरी संगठनभित्रकै सदस्य अभिभावकबाट पेलिँदा यो आईजीपी कहिले अवकाश पाउला र भनेर कुरेर बस्न बाध्य थिए ।

सिंहअघिका आईजीपी शैलेश थापा क्षत्रीले अवकाश अघि आफ्नो कार्यकालमा चाहेर पनि निर्मला पन्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्न नसकेको बताएका थिए । थापाले निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रयास गरे पनि आफू असफल भएको स्वीकार गरेका थिए ।

निर्मलाको बलात्कारपछि हत्या भएको साढे ४ वर्ष बितिसकेको छ । नेपाल प्रहरीले यस घटनालाई महत्वका साथ अनुसन्धान गरेको जनाए पनि अहिलेसम्म हत्यारा समक्ष पुग्न सकेको छैन ।

सिंहकै भनाइलाई सहयोग हुने गरी केही समयअघि गृहमन्त्री भएका रवि लामिछानेले पनि आफ्नो पहिलो निर्णयमा निर्मलालाई न्याय दिने बताएका थिए । तर, त्यसको केही समयमै लामिछानेको मन्त्री पद नै गयो ।

आईजी हुनेबित्तिकै आफ्नो कार्यकालमा बालिका निर्मलालाई न्याय दिने भन्दै धेरै प्रहरी प्रमुखहरुले बोले । पूर्वआईजीहरु सर्वेन्द्र खनाल, ठाकुर ज्ञवाली, थापाले बोले पनि निर्मला काण्डको गुत्थी अहिलेसम्म सुल्टिन सकेको छैन ।

समग्रमा सिंहको कार्यकाल विवादैविवादले सकियो । सिंहले आफू आईजीपी बनेपछि प्रहरीमा अनियमितताको नयाँ सिस्टम बसालेको अरोप समेत लागेको छ । त्यो हो एउटै ठेकेदारबाट कोटेशनमार्फत सामान खरिद गर्ने ।

त्यतिमात्र होइन, उनले आफ्नो कार्यकालमा सरुवा÷बढुवामा मनपरी गरे । आफैँ वरीयता मिचेर आईजीपी भएका सिंहले आफ्नो कार्यकालका बढुवामा भने थिति बसाले । आफू निकटलाई स्वेच्छाचारी ढंगले च्याप्ने र आफू निकट नरहेकालाई भने सरुवामा पेल्ने नीति लिएका सिंहको कार्यशैलीबाट अधिकाशं प्रहरी सन्तुष्ट देखिएनन् ।

मनपरी काज गर्दै आफूनिकटकालाई मालदार ठाउँमा पठाए । आफूनिकट नरहेकालाई कारबाहीको धम्की देखाउँदै धम्क्याउँदै त्रास देखाए । यसरी संगठनभित्रकै सदस्य अभिभावकबाट पेलिँदा यो आईजीपी कहिले अवकाश पाउला र भनेर कुरेर बस्न बाध्य थिए ।

बढुवामा पनि आईजी सिंहले मनभरी रुपमा विभेद गरे । आफ्नै ब्याची बसन्तकुमार लामा उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेको अघिल्लो दिन बढुवा गरेर एआईजीको फुली लगाएर सिंहले बिदा गरे ।

तर, करिब १० महिनासम्म एआईजीको दरबन्दी रिक्त हुँदा पनि आईजी सिंहले ब्याची डीआईजीहरु मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्यलाई एआईजी बनाउनुपर्छ भनेर लागेनन् । जसले गर्दा उनीहरु डिआईजीमै घर गए ।

कतिसम्म भने ब्याच टपाएर कसैको बढुवा गर्दिनँ भन्ने उद्घोष गरेका उनै आईजी सिंहले आफ्ना ब्याचीहरुलाई डिआईजीमै थन्क्याएर पछिल्लो ब्याचकाहरुलाई एआईजीमा बढुवा गराए । यसरी मनपरी संगठन चलाएका सिंहविरुद्ध बोल्ने कोही भएनन् ।

त्यतिमात्र होइन, आईजी सिंहले गत २९ असारमा ३६ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) बढुवाको सिफारिस गरे । तर, डिएसपी हुँदा १ २ नम्बरमै रहेकालाई आईजी सिंहले बढुवामै छुटाएका थिए ।

पहिलो नम्बरका गौतम केसी, अपिलराज बोहरालगायत बढुवामा छुटे । अझ प्रहरी संगठनमा उत्कृष्ट ठहरिएकी डिएसपी बसन्धुरा खड्का पनि बढुवामा छुटिन् । जबकी उनीभन्दा धेरै पछाडि रहेका बढुवा हुन सफल भए ।

डिएसपी केसी प्रहरी संगठनमा इमान्दार र काबिल प्रहरी अफिसरको रुपमा चिनिन्छन् । सोह्रखुट्टे वृत्तको प्रमुख हुँदा एक रुपैयाँ पनि नखाई अब्बल ठहरिएका केसीलाई सिंहले व्यक्तिगत इगो साँधेर बढुवामै छुटाएको चर्चा छ ।

त्यस्तै डिएसपी खड्कालाई समेत सिंहले बढुवामा घाँटी निमोठेको आरोप छ । जबकी खड्का २०६१ को ब्याचकी एक मात्र महिला अधिकृत हुन् । उनैलाई प्राथमिकतामा नराखी सिंहले मनपरी रुपमा बढुवा गरेका थिए ।

१० महिनासम्म एआईजीको दरबन्दी रिक्त हुँदा पनि आईजी सिंहले ब्याची डीआईजीहरु मसाउद आलम खाँ, नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्यलाई एआईजी बनाउनुपर्छ भनेर लागेनन् । जसले गर्दा उनीहरु डिआईजीमै घर गए ।

सिंहको कार्यकालमा देशमा दुई वटा चुनाव सम्पन्न भए । गत वैशाखमा स्थानीय तहको चुनाव र गत मंसिरमा संघ तथा प्रदेशको चुनाव सम्पन्न भयो । तुलनात्मक रुपमा चुनाव शान्तिपूर्ण नै भएको बताइएको छ । जसको क्रेडिट सिंहले पाएका छन् ।

सीमित स्रोत साधनका बाबजुद पनि नेपाल प्रहरीले अहोरात्र खटिएर चुनाव शान्तिपूर्ण गराएको भन्दै तत्कालिन गृहमन्त्रीदेखि प्रधानमन्त्री तथा निर्वाचन आयोग समेतले प्रहरीको भूमिकाको प्रशंसा गरेका थिए । चुनाव गराउने भूमिकामा सिंह सफल भएको देखिन्छ ।

विश्वस्त स्रोतका अनुसार सिंहले आफ्नो कार्यकालमा अकुत सम्पत्ति समेत आर्जन गरेको आरोप छ । त्यसैले सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान, टंगालमा उजुरी पर्ने सम्भावना छ ।

प्रतिक्रिया