वसन्तबहादुर कुँवर नेपाल प्रहरीको प्रमुख नियुक्त


काठमाडौं – नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (आईजीपी) मा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । आज (शुक्रबार) अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।

उनले एक वर्ष प्रहरीको नेतृत्व सम्हाल्नेछन् । तीन दिनअघि मात्रै सरकारले उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया