जबरजस्ती देह व्यापारमा लगाइएका १० युवतीको दिल्लीबाट उद्धार


काठमाडौं – मानव तस्करीको शिकार भई जबरजस्ती देह व्यापारमा लगाइएका १० युवतीहरुको छिमेकी मुलुक भारतको राजधानी दिल्लीबाट उद्धार गरिएको छ ।

बिहीवार भारतको राजधानी दिल्लीको किशनगढ क्षेत्रमा फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका नेपालका विभिन्न जिल्लाका १० जना किशोरी तथा महिलाहरुलाई उद्धार गरिएको हो ।

उनीहरुलाई नेपाल प्रहरी, मानव बेचबिखनबिरुद्धको अनुसन्धान ब्यूरो, नेपाली राजदुतावास, कीन इण्डिया, शक्ति समूह र दिल्ली पुलिसको संयुक्त कारवाहीमा उद्धार गरिएको जनाइएको छ ।

मिसन फ्ल्याट नामक अभियान चलाएर फ्ल्याटमा राखेर यौन धन्धामा लगाइएका १० जना महिलाहरुलाई उद्धार गरी मानव बेचबिखनबिरुद्धको अनुसन्धान ब्युरोलाई बुझाइएको हो ।

उद्धार गरिएका महिलाहरुको उमेर १५, १६, १७, १८, २० र २५ वर्ष रहेको छ । उनीहरु नुवाकोट, काठमाडौं, कास्की, खोटाङ लगायतका जिल्लाका रहेको बताइएको छ ।

प्रतिक्रिया