

कैलालीमा माटोको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु

धनगढी – कैलालीमा माटोको ढिस्कोले पुरिएर तीनजनाको मृत्यु भएको छ। दुईजना घाइते भएको प्रहरीले जनाएको छ।
जानकी गाउँपालिका–९, पूर्वखैरीफाँटाका तीन महिलाको आज माटोको ढिस्कोले पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।
उनका अनुसार घर पोत्नका लागि माटो लिन गएका ३० वर्षीया गंगा जयगडी, २० वर्षीया भावना वड र १७ वर्षीया धनसरी विकको मृत्यु भएको हो।
१२ वर्षीया काजल विक र १२ वर्षकै अन्जु जयगडी घाइते भएका छन्। उनीहरूको टीकापुर अस्पतालमा उपचार भइरहेको विष्टले बताए।

