बागमती प्रदेशसभा बैठक शुक्रबारका लागि सारियो


हेटौँडा – बागमती प्रदेशसभाको बैठक आउँदो शुक्रबार बस्नेगरी सारिएको छ ।

बुधबार अपरान्ह ३ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक १० चैत शुक्रबार दिउँसो १ बजे बस्नेगरी सारिएको हो । बुधबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेल विश्वासको मत लिने तयारी गरेका थिए ।

तर, कांग्रेस सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री जम्कट्टेल र सभामुख भुवन पाठकबीच छलफलपछि बैठक सारिएको हो ।

प्रतिक्रिया