अभिषेक गिरी जेलमुक्त


विराटनगर – अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहर भई कैद सजाय काटेका विवादास्पद छविका अभिषेक गिरी जेलमुक्त भएका छन् ।

९ वर्षको कैद सजाय पूरा गरी गिरी आइतबार जिल्ला कारागार मोरङबाट जेलमुक्त भएका हुन् ।

गुण्डा नाइकेको रुपमा समेच परिचित गिरी नेपाली कांग्रेस नेता निकट रहेको जनाइएको छ ।

कारागारमुक्त भएपछि गिरीले अब सामाजिक काम गर्ने बताएका छन् ।

करिब ९ वर्ष कारागार बस्दा जीवन बुझेको बताएका उनले अब समाजसेवामा लाग्ने बताएका हुन् ।

प्रतिक्रिया