न्युयोर्कमा कार दुर्घटना हुँदा ५ बालबालिकाको मृत्यु


न्यूयोर्क — न्यूयोर्कको वेस्टचेस्टरमा एउटा गाडी राजमार्गबाट ​​खसेपछि भएको दुर्घटनामा पाँच नाबालकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

वेस्टचेस्टर काउन्टी पब्लिक सेफ्टीले जारी गरेको विज्ञप्ति अनुसार मृतकहरु चार केटा र एक केटी रहेका छन् ।

उनीहरु ८ देखि १७ वर्षका बीचका रहेको जनाइएको छ । निसान रग गाडीमा बच्चाहरु यात्रा गर्दै थिए । गाडी आइतबार राजमार्गबाट खसेर एक रूखमा ठोक्किएपछि आगो लागेको थियो ।

एक ९ वर्षीय बालक दुर्घटनामा बाँचेको अधिकारीहरूले बताएका छन्। अनुसन्धानकर्ताहरूका अनुशार एक १६ वर्षीयले कार चलाएको विश्वास गरिएको छ । दुर्घटनामा अन्य कुनै पनि सवारीसाधन संलग्न नभएको अधिकारीहरुले बताएका छन् ।

पीडितहरु कनेक्टिकटका रहेको प्रहरीले जनाएको छ । आफन्तलाई खबर गरेपछि उनीहरुको परिचय खुलाइनेछ । दुर्घटनाको पूर्ण परिस्थिति वेस्टचेस्टर काउन्टी पुलिस विभागले अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया