अचेत भेटिएका सशस्त्र इन्स्पेक्टर ढुंगेलको उपचारका क्रममा मृत्यु


काठमाडौं – सडकमा अचेत अवस्थामा फेला परेका सशस्त्र प्रहरी बल, नेपालका निरीक्षक (इन्स्पेक्टर) को उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौंको नागार्जुनका इन्स्पेक्टर ४३ वर्षीय तीर्थ ढुंगेलको उपचारका क्रममा मृत्यु भएको हो। उनी सशस्त्र प्रहरी प्रधान कार्यालय, हलचोक बैण्ड गुल्ममा कार्यरत थिए ।

ढुंगेल शनिबार अपाराह्न ४ः५० बजे भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट नजिकैको सडकमा लडेर अचेत रहेको अवस्थामा स्थानीयले फेला पारेका थिए। उनी त्यही नजिकैको एक रेष्टुरेन्टमा खाजा खाएर फर्कने क्रममा लडेको स्थानीयले जनाएका छन् ।

त्यसपछि उनलाई बा २ ज २४५६ नम्बरको ट्याक्सी चढाएर एक जना महिला र अन्दाजी १२र१५ वर्षका किशोरले गरेर मध्यपुर अस्पताल पुर्‍याएका थिए। बेलुका ५ः३० बजे सोही अस्पतालमा उपचारका क्रममा उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन्।

घटनास्थल वरपरका देख्ने–सुन्ने व्यक्तिहरू र ट्याक्सी चालकलाई प्रहरी कार्यालय झिकाएर सोधपुछ भइरहेको भक्तपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया