

त्रिविका १४ क्याम्पसमा हुन सकेन स्ववियु निर्वाचन

काठमाडौँ – त्रिविका १४ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । काठमाडौँ उपत्यका ८ र उपत्यका बाहिर ६ गरी १४ वटा क्याम्पसमा स्ववियु निर्वाचन हुन सकेको छैन ।
स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका अनुसार काठमाडौँ उपत्यकाका रत्नराज्य लक्ष्मी क्याम्पस, अस्कल, त्रिचन्द्र, विश्वभाषा, मिनभवन,कोटेश्वर, आयुर्वेद कीर्तिपुर र पाटन गरी ८ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
त्यस्तै उपत्यका बाहिर पोखराको पृथ्वीनारायण क्याम्पस, पश्चिमाञ्चल इञ्जीनियरिङ क्याम्पस, पोखरा वन क्याम्पस, पोखरा नर्सिङ क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस वीरगन्ज, वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, धवलागिरि बहुमुखी क्याम्पस बागलुङ र सिद्धनाथ साइन्स बहुमुखी क्याम्पस निर्वाचन स्थगित भएको हो।

