जग्गा मिल्ने गरी बाटो लगिदिन १५ हजार घुस लिएका सव-इन्जिनियर पक्राउ


पोखरा – पोखरा महानगरपालिकाको २८ वडा कार्यालयका सव-इन्जिनियर प्रविन बि.क. घूस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

उनले बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घूस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

आयोगको कार्यालय, पोखराबाट खटिएको टोलीले सव-इन्जिनियर प्रविन बि.क.लाई सेवाग्राहीबाट १५ हजार रुपैयाँ घूस लिइसकेको अवस्थामा
चाउथेबाट शुक्रबार राती नियन्त्रणमा लिएको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रतिक्रिया