बिआरआई कार्यान्वयनमा ल्याउन सरकार दृढ छ : उपप्रधानमन्त्री श्रेष्ठ


काठमाडौं – उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले चीनको बेल्ट एण्ड रोड (बिआरआई) परियोजनालाई सफल कार्यान्वयनमा ल्याउन नेपाल सरकार दृढ रहेको बताएका छन् ।

सो परियोजनाको कार्यान्वयनमा केही ढिलाई भएको स्विकार गर्दै उनले त्यसलाई पूर्ण कार्यान्वयनमा ल्याउन सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे । बिहीबार काठमाडौंमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्ष : नेपालको अनुभव’ विषयक अन्तरक्रियामा मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।

बिआरआईको शिघ्र कार्यान्वयन नेपालको हितमा रहेको उल्लेख गर्दै उनले त्यसका लागि नेपाल सरकारको तर्फबाट सहयोग र सहजीकरण गर्न आफू लागिपर्ने प्रतिबद्धता व्यक्त गरे ।

‘नेपाल बिआरआईलाई पूर्ण कार्यान्वयनमा ल्याउन प्रतिबद्ध रहेको छ । हालसम्म केही ढिलाई भएको भएपनि नेपालको विकास र समृद्धिको यात्राका लागि चीनसँगको सहकार्य र बिआरआई परियोजनाको कार्यान्वयन नयाँ कोशेढुंगा हुनेछ भन्नेमा हामी आशावादी छौं । नेपाल सरकार विआरआईको सफल कार्यान्वयनमा ढृढ रहेको छ,’ मन्त्री श्रेष्ठले भने ।

त्यस अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल चिनियाँ ऋणको पासोमा परेको भन्ने भ्रमात्मक प्रचारबाट प्रभावित नभएको स्पष्टीकरण दिए ।

प्रतिक्रिया