२६ किलो गाँजासहित ४ जना पक्राउ


काठमाडौँ – प्रहरीले लागु औषध गाँजासहित ४ जनालाई पर्साबाट पक्राउ गरेको छ ।

प्रहरीले वीरगञ्ज महानगरपालिका-३२ बस्ने रामतुल्लहा मिया, चितवन राप्ती नगरपालिका-१२ बस्ने सहमुल पुजा, मर्कुस पुजा, राम बिलास पुजालाई पक्राउ गरेको हो ।

उनीहरूलाई बिहीबार बिहान ५ बजे २६ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया