देशभर थप ४ जनामा कोरोना पुष्टी, २ जना संक्रमणमुक्त


काठमाडौं – नेपालमा गत २४ घन्टामा ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा गरिएको ९५० नमूना परिक्षणमा ४ जनामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर २ जना कोरोनामुक्त भएका छन् । अहिलेको अवस्थामा १९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार एक दिनमाा २२ हजार ३२६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया