


युएई ६ विकेटले विजयी

काठमाडौं – युएईले पपुवान्युगिनीविरुद्ध ६ विकेटको जित हात पारेको छ । २३५ रनको लक्ष्य पछ्याएको युएईले कप्तान मोहम्मद वसिमको विस्फोटक शतकका मद्दतले ३८.४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
युएईका लागि भित्रिया अरविन्दले ३३ रन बनाएका थिए भने चुन्दगापोयील रिजवाले २८ रन बनाउँदा आर्याल अफजल खानले २७ रन बनाए । त्यस्तै आशिफ खानले ११ रन बनाउँदा अर्याल लाक्रा ४ रनमा आउट भएका थिए ।
अब युएईले भोली अन्तिम खेल नेपालसँग खेल्ने कार्यक्रम रहेको छ । युएईले एकदिवसीय मान्यता गुमाइसकेको छ ।
त्यसअघि पपुवान्युगिनीका कप्तान भालाले ६५ रनको पारीका मद्धतले ७ विकेट गुमाउँदै २३४ रन बनाएको थियो । लिगको अन्तिम खेलसँगै पीएनजीले ३६ खेलमा ५ जितसहित ११ अंक बनाउँदै लिगको अन्तिम स्थानमा रहेको छ ।

