एमाले सचिवालय बैठक बस्दै


काठमाडौं – नेकपा एमालेले सचिवालय बैठक शनिबार बस्दै छ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान साढे ९ बजे बैठक बोलाइएको छ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भिष्म अधिकारीका अनुसार बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल हुनेछ।

शनिबार नै उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता हुने कार्यतालिका छ।

प्रतिक्रिया